गृह पृष्ठ

पदमार्गमा काम गरिरहेका दुई मजदुरको चट्याङ लागेर मृत्यु


१४ बैशाख २०८२, आइतबार ००:००


कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित त्रिवेणी ताल (हिडन लेक) पदमार्गमा काम गरिरहेका दुई मजदुरको चट्याङ लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा संखुवासभाको सिलिचुङ गाउँपालिका–२ का भरतकुमार राई र महेश राई रहेका छन्।

आइतबार दिउँसो परेको चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो। त्रिवेणीताल पदमार्गको चिमाङ्गीमा सिढी लगाउने, रेलिङ हाल्ने र पदमार्ग फराकिलो बनाउन काम आइतबारदेखि थालिएको थियो।

प्रकाशित : १४ बैशाख २०८२, आइतबार ००:००