काठमाडौं, पूर्वसभामुख तथा नागरिक अभियन्ता दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पताल, काठमाडौंमा उपचारको क्रममा उनको आज दिउँसो निधन भएको जनाइएको छ । कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगना केही समय देखि उपचाररत थिए ।
ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । ०४६ सालको जनआन्दोलन पछि प्रतिनिधिसभाको पहिलो निर्वाचित सभामुखको जिम्मेवारीमा थिए । उनी बरिष्ठ अधिवक्तासमेत हुन् ।
सभामुख भएका बेला घटेको घटनालाई मेचकाण्ड भनियो । श्री ५ संसदमा आएका बेलामा प्रधानमन्त्री गिरिजाबाबुलाई मेच राखिदिएन भन्ने विषय हो त्यो । पछि जाँच गराउँदा थाहा भयो, मलाई असफल बनाएर सभामुख बन्न र कलह बढाउन चाहनेहरूको षडयन्त्र रहेछ ।
गिरिजाबाबुलाई सहयोग गर्ने हामी मात्रै हौं भन्ने सानो कोटरीको काम रहेछ । रक्षा मन्त्रालयको समेत संलग्नतामा प्रधानमन्त्रीलाई राखिसकेको मेच पनि झिक्न लगाए भन्ने रिपोर्ट आयो । वास्तवमा मेच राख्ने सभामुखको जिम्मेवारी पनि थिएन । किनभने राजा आउने कार्यक्रम भनेपछि राजदरबार, सेना, रक्षा मन्त्रालय आफैंले पनि हेर्दथे । प्रत्यक्ष रुपमा सभामुखको जिम्मेवारीको काम पनि थिएन । मुख्य रुपमा सभामुखको काम त सभा ठीकसँग चलाउने मात्रै हो ।
सभामुखले पक्ष लियो वा ठाउँमा दिएन भने खासगरी प्रतिपक्षीसँग कुरा मिल्दैन । तर, सभामुखीय तटस्थताप्रति उहाँहरू विश्वस्त देखिनुभयो । सरकार बहुमतको संसद प्रतिपक्षको भन्ने मान्यता मैले पूरापुर प्रयोगमा ल्याएँ । बरु कांग्रेसका केही सांसदहरू प्रतिपक्षलाई बढी स्थान दियो भनेर असन्तुष्ट हुनु स्वाभाविक थियो ।
सत्तापक्षलाई आफ्नो जिम्मेवारी पूरा गर्ने ठाउँ धेरै हुन्छ । तर, प्रतिपक्षको भूमिका पूरा गर्ने मुख्य ठाउँ संसद नै हो भनेरै मैले बढी नै स्थान दिएको थिएँ । स्वतन्त्र विद्यार्थी युनियनकाल तथा वकालत गर्दा नै म उदार प्रजातन्त्रवादीको रुपमा परिचित थिएँ । त्यसले गर्दा पनि मलाई विश्वास गर्न धेरैलाई सजिलो भयो । मेरो सवा तीन वर्षे कार्यकालमा एकजना नेताले पनि दमनजी यो के गर्या भन्नुभएन । यस्तो सुन्न तथा सामना गर्न परेन ।











प्रतिक्रिया