गृह पृष्ठ

प्रचण्डद्वारा पूर्वमन्त्री नेपालको निधनप्रति दुःख व्यक्त


२३ बैशाख २०८२, मंगलबार ००:००


काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वमन्त्री समेत रहेका नेपालको केहीबेर अघि निधन भएको हो । पार्किन्सन रोगबाट पीडित नेपाल पछिल्लो समय निमोनियाबाट पनि पीडित थिए ।

उनको निधनप्रति दुःख व्यक्त गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भनेका छन्, ‘निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ ।’उनले नेपालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवार तथा आफन्तमा समवेदना प्रकट गरेका छन् ।

प्रकाशित : २३ बैशाख २०८२, मंगलबार ००:००