Breaking News Post

‘प्रचण्ड’ले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै


२४ माघ २०८१, बिहिबार ००:००


काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन्। संसदको हिउँदे अधिवेशनको सुरूका दिनमा शिर्ष नेताले सम्बोधन गरे पनि प्रचण्डले भने गरेका थिएनन तर आजको बैठकमा भने प्रचण्डले सम्बोधन गर्ने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

सरकारले हालै जारी गरेका ६ वटा अध्यादेशका निर्णायार्थ प्रस्तुत गर्नु अघि अध्यक्ष प्रचण्डले सम्बोधन गर्न लागेका हुन्। आजको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने सम्भावना देखिएको छ।

प्रकाशित : २४ माघ २०८१, बिहिबार ००:००