मुख्य खवर

प्रतिनिधिसभाको बैठकमा ‘ढलेँ ढलेँ गीत गाउने ओलीलाई प्रचण्डले दिए यस्ताे जवाफ


२४ माघ २०८१, बिहिबार ००:००


काठमाडौँ, प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा ‘ढलेँ ढलेँ।।’ बोलको गीत गाउने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलका नेता प्रचण्डले बिहीबार जवाफ फर्काएका छन् । उनले सत्ता पक्षका दलहरूबिच नै विश्वास नभएको भन्दै सोही कारण ओलीले देउवालाई बारम्बार सत्ता हस्तान्तरण गर्ने भनेर भनिरहेको बताए ।

तपाईंहरुलाई विश्वास छ भने म यति महिनापछि शेरबहादुरजीलाई सत्ता छाड्छु, भनेको भन्दा ७ दिन अगाडि छाड्छु भनेर प्रधानमन्त्रीले भन्न पर्छ त ? साँच्चै विश्वास भएको भए ?’, प्रचण्डले भने, ‘के शेरबहादुर देउवाले सुन्नु हुन्न र ?’ शेरबहादुरजीको कान र आँखा तगडा नै भएको प्रचण्डले बताए । प्रचण्डले आफूले सरकार ढाल्छु भनेर कहिल्यै नभनेको बताउँदै बरु आफ्नै बोझले ढल्छचाहिँ भनेको बताए ।

प्रकाशित : २४ माघ २०८१, बिहिबार ००:००