मुख्य खवर

प्रतिनिधिसभा बैठक साढे ३ बजेका लागि सर्‍यो


२३ जेष्ठ २०८२, बिहिबार ००:००


काठमाडौं, प्रतिनिधिसभा बैठक सरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म बैठक चल्न नदिने विपक्षी दलहरूको अडान छ। बैठक सुचारु गर्ने विषयमा सभामुख देवराज घिमिरेले विपक्ष दलहरूसँग छलफल गरिरहेका छन्।

प्रकाशित : २३ जेष्ठ २०८२, बिहिबार ००:००