Breaking News Post

प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा राप्रपाको विरोध


१७ चैत्र २०८१, सोमबार ००:००


काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन् । विपक्षीहरूको माग अनुसार संसद्मा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरेको छ । ओलीले बोलिरहँदा राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही उठेर हो–हल्ला गरिरहेका छन् ।

सभामुख देवराज घिमिरेले अहिले प्रधानमन्त्रीलाई बोल्न समय दिएकाले अवरोध नगर्न आग्रह गरिरहेका छन् । राप्रपाका अन्य सांसद पनि उठे । त्यसक्रममा प्रधानमनत्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने भन्दै व्यवस्था मास्छु भन्नेले श्रृंखलावद्ध घटनामा सार्वजनिक गर्नुपर्ने बताएका थिए ।

सांसदहरुले होहल्ला गरेपछि सभामुखले सांसदहरुलाई आसन ग्रहण गर्न रुलिङ गरेका थिए । सभामुखले राप्रपाका सांसदलाई आफ्नो स्थानमा बस्न आग्रह गरे पनि नटेरीकन उनीहरू उठेर विरोध जनाएका छन् भने हो–हल्लाकै बिच प्रधानमन्त्रीले सम्बोधन जारी राखेका छन् ।

प्रकाशित : १७ चैत्र २०८१, सोमबार ००:००