मुख्य खवर

प्रधानमन्त्री ओली प्रचण्डकाे अभिव्यक्तिप्रति आक्रामक


१५ भाद्र २०८१, शनिबार ००:००


काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रामक भएका छन् । गत १० भदौको प्रतिनिधि सभा बैठकमा प्रचण्डले श्रीलंका वा बंगलादेशजस्तो अवस्था आउन सक्ने खतराबारे बोलेका थिए । त्यसको जवाफमा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल कुनैपनि मुलुकको फोटोकपी मेसिन नभएकाले बंगलादेश वा श्रीलंकाको खतरा यहाँ नआउने बताएका हुन् ।

प्रचण्डले श्रीलंका र बंगलादेशबाट सिक भनेर चर्को स्वरमा भनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म भन्न चाहन्छु राम्ररी सिक । बंगलादेशमा जे भयो भनेर नेपालमा त्यही हुन्छ भन्ने रु नेपाल कुनै देशको फोटोकपी मेसिन होईन । यहाँ आफ्नै इतिहास र परम्परा छ । डेमोक्रेसी हामीले लडेर ल्याएका हौं । अहिलेको संविधान हामीले लेखेको हो । म त्यो हैसियत राख्छु । यो प्रणाली र संविधानलाई देश र जनताको पक्षमा बनाउने हो । जो यहाँ भैरहेको प्रणाली र डेमोक्रेसीको विरुद्धमा लड्यो अनि उसैका ठूला कुरा ।’

नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृत छ । बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई बल बनाउन हामी लागेका छौं । लोकतन्त्र विरुद्ध लड्नेहरुले हामीलाई तर्साउन सम्भव छैन । प्रधानमन्त्री ओलीले प्रचण्डलाई उल्टै चेतावनी दिए । ‘हामीलाई सिक भनेर चर्को स्वरमा बोल्नेहरुलाई म राम्ररी सिक भन्न चाहन्छु, नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन । सम्भव हुन दिइँदैन’, उनले भनेका छन ।

मुलुकमा हिंसात्मक गतिविधि चलेको बेला आफूले हिंसाको चर्को विरोध गरेको र राजनीतिक समाधानको पहल गरेको पनि बताए । प्रधानमन्त्री ओलीले कुनैपनि गतिविधि वा अराजकतालाई कानूनी रुपमा रोक्ने पनि बताएका छन् । प्रचण्डप्रति भने प्रधानमन्त्री ओलीले चर्कै आक्रोश जनाएका छन् । ‘मैले १७ हजार मान्छे मारेको छु र डराउने रु लोकतन्त्रविरुद्ध लड्नेहरुले हामीलाई तर्साउने ?’, प्रधानमन्त्रीको आक्रोश थियो ।

प्रकाशित : १५ भाद्र २०८१, शनिबार ००:००