Breaking News Post

प्रधानमन्त्री ओली र माल्दोभाका उपप्रधानमन्त्रीले आज शिष्टाचार भेट


६ चैत्र २०८१, बिहिबार ००:००


काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको छ।

उनीहरुबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यपारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा समान मत रहेको थियो। प्रधानमन्त्री ओलीले हिमालदेखि समुुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्दामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रममा सहभागिताका लागि आग्रह गरे। भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत सहभागी थिए।

प्रकाशित : ६ चैत्र २०८१, बिहिबार ००:००