नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आठौं राष्ट्रिय महाधिवेशन रुपन्देहीमा सुरु भएको छ । शुक्रबार रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालय हलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महाधिवेशनको उद्घाटन गरेका हुन् ।
महाधिवेशमा सहभागी अतिथिलाई थारू र नेवारी गीतबाट स्वागत गरिएको थियो । कार्यक्रममा संघीय फोनिजको स्मारिका विमोचन गरिएको छ भने काठमाडौंको क्यालेण्डर विमोचन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पृथ्वीसुबा गुरूङले विमोचन गरे। कार्यक्रममा फोनिजमा रही योगदान पुर्याएका पत्रकारहरूलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन चौधरीले गणतन्त्रमा पत्रकारलाई जिउँदै जलाउनु लोकतन्त्रमाथिको प्रहार भएको बताए ।
उनले भने,पत्रकारहरू गणतन्त्रमा जिउँदै जलाइनु लोकतन्त्रको अपमान हो । जुनसुकै समूह होस्, गणतन्त्रमा हिंसात्मक प्रदर्शन गर्न मिल्दैन। लुम्बिनीमा आयोजित कार्यक्रममा फोनिजकका संघीय समिति, ८ प्रदेश, ६६ जिल्ला, ८ जातिय संस्थागत सदस्य र ८ प्रवास समितिबाट ५१७ जना प्रतिनिधिहरु तथा पर्यवेक्षकहरू उपस्थित भएका छन् । फोनिजको आठौं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।











प्रतिक्रिया