मुख्य खवर

बिहेमा भाेजमा सय जना भन्दा बढी बिरामी,४५ जना अस्पताल भर्ना


२९ बैशाख २०८२, सोमबार ००:००


बिहे भोजमा खाजा खाँदा धनुषाधाममा सय जनाभन्दा बढी बिरामी भएका छन् । धनुषाको मिथिला विहारी नगरपालिका-८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित सय जना भन्दा बढी बिरामी भएका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार राति जनकपुर उपमहानगरपालिका-२३ बिन्धीबाट ठेरा कचुरीमा जन्ती पुगेको थियो । स्वयम्बर सकिए लगतै खाजामा बुनियाँ,रसबरी लगायतका मिठाइ खुवाइएको थियो ।

खाजा खाएलगतै पेट दुख्ने, बान्ता हुने, कमजोर हुने क्रम चलेको घटनास्थलमा परिवारजन र बिरामीसँगको प्रतिक्रियापछि थाहा भएको प्रमुख यादवले जानकारी दिएका छन । ४५ जना भन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएको र अन्यको नजिकको क्लिनिक तथा अन्य अस्पतालमा उपचार भइरहेको प्रमुख यादवले बताए ।

केही भने उपचारपश्चात निको भएर घर समेत फर्किएका छन् । खाजामै प्वाइजन भएर बिरामी परेको हाम्रो अनुमान छ । घटनास्थल पुगेर हामीले खाजाको स्याम्पल ल्याएका छौं । ल्याबमा परीक्षण गरेर के कारणले भएको हो भन्ने पुष्टि हुन्छ,’ यादवले भने ।

प्रकाशित : २९ बैशाख २०८२, सोमबार ००:००