मुख्य खवर

भ्रष्टाचारको नयाँ– पुराना सबै छानबिन माग गर्दै अनुसन्धान आयोगमा ज्ञापन पत्र


३ श्रावण २०८२, शुक्रबार ००:००


काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ– पुराना सबै भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन समेत नेताकार्यकर्ताहरु दलबलसहित अख्तियारको केन्द्रीय कार्यालय टङ्गाल पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।

देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिँदै गएको भन्दै राप्रपाले सबै भ्रष्टाचारका काण्डहरुमाथि पुनस् र व्यापक छानबिन गर्न तथा राजनीतिक नेतृत्व तहलाई उन्मुक्ति नदिन माग गरेको छ ।

प्रकाशित : ३ श्रावण २०८२, शुक्रबार ००:००