काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ– पुराना सबै भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन समेत नेताकार्यकर्ताहरु दलबलसहित अख्तियारको केन्द्रीय कार्यालय टङ्गाल पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।
देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिँदै गएको भन्दै राप्रपाले सबै भ्रष्टाचारका काण्डहरुमाथि पुनस् र व्यापक छानबिन गर्न तथा राजनीतिक नेतृत्व तहलाई उन्मुक्ति नदिन माग गरेको छ ।











प्रतिक्रिया