समाचार

मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’


२८ आश्विन २०८३, बुधबार ००:००


२८ असोज, काठमाडौं । मलेसियाका प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ होल्ड गरिएको छ । बुधबारको संसदीय सुनुवाइ समितिमा स्वार्थको द्वन्द, म्यानपावर व्यावसायीसँगको सम्बन्ध, पोखराको जग्गा खरिदको अनियमितता लगायतमा खरेलको संलग्न रहेको भनेर समिति सदस्यहरूले विषय उठाएका थिए ।

समिति सभापति बोधनारायण श्रेष्ठले प्राप्त उजुरी अध्ययन गर्न समय चाहिने भएकोले सुनुवाइको प्रक्रिया होल्ड गर्ने निर्णय सुनाएका हुन् ।

प्रकाशित : २८ आश्विन २०८३, बुधबार ००:००