मुख्य खवर

महाकुलुङको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी


२ जेष्ठ २०७९, सोमबार ००:००


सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा कांग्रेसका सुर्य बहादुर कुलुङ २१०० मत र उपाध्यक्षमा पनि कांग्रेसकै विपना कुलुङ १९२९ मतसहित विजयी भएको निर्वाचन अधिकृत टेकनाथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार सुर्यका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सागर किरातीले १६२६ मत प्राप्त गरेका छन् भने माओवादीकी उपाध्यक्ष छविमाया कुलुङले १४८३ प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका भक्त कुलुङले अध्यक्षमा १४५२ र उपाध्यक्षमा शुभधनी कुलुङले १७३३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

पालिका अध्यक्षमा दोश्रो मत माओवादी केन्द्रका सागर किराती (यस अघि पालिका अध्यक्ष)को रहेको छ भने उपाध्यक्षमा एमालेकी शुभधनी कुलुङको रहेको छ । ७ हजार ७ सय ८४ मतदाता रहेकोे महाकुलुङमा ५४४१ मत खसेको थियो ।

प्रकाशित : २ जेष्ठ २०७९, सोमबार ००:००