सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ पेल्माङमा आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आज दिउसो करिब २ बजेकाे समयमा एकराम राईको दुईतले ढुङ्गा,माटो,काठ र टिनको छानो भएको घर आगोले जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सो समयमा घरमा कोही नभएको बेला भुस डढाउन बालेको आगोबाट घरमा आगलागी भएकाे प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिएका छन । प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।
आगलागीका कारण घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा लगायतका सामग्री जलेर नष्ट भएको छ । घटनामा मानविय तथा चौपाया क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।











प्रतिक्रिया