जेठ २० महाकुलुङ,
महाकुलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को वजेट निर्माणको लागि कार्यतालिका निर्माण गरी स्वीकृत गरेको छ । २०८२ जेठ २० गते बसेको गाउँ कार्यपालिकाको वैठकले वजेट तथा योजना निर्माण कार्यतालिका निर्माण गरी पारित गरेको गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङले जानकारी दिनुभयो ।
स्वीकृत कार्यतालिका अनुसार वजेटको पूर्व तयारी जेठ महिनाभित्र गरी असार १० गते गाउँसभामा वजेट पेश गरिनेछ । स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भए अनुसार गाउँसभामा वजेट पेश गर्ने जिम्मेवारी उपाध्यक्षको हुने व्यवस्था रहेको छ । महाकुलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङका अनुसार वजेट तथा योजना निर्माणको कार्यतालिका देहाय वमोजिम रहनेछ ।
वजेट तथा योजना निर्माणका सात चरण पुरा गरी योजना निर्माण गर्नुपर्ने व्यवस्था राष्ट्रिय योजना आयोगले तय गरेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शनमा उल्लेख रहेकोले सो व्यवस्था अनुसार नै योजना निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत कुलुङले जानकारी दिनुभयो ।











प्रतिक्रिया