सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य सुरु भएको छ । गाउँपालिकाको समन्वयमा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले आज विहिबारबाट पालिकाको ५ वटै वडामा एकैसाथ दर्ता अभियान सुरु गरेको हो ।
अभियान अन्र्तगत प्रत्येक वडाको कार्यालयमा अस्थायी डेक्स खडा गरी सेवा दिइरहेको गाउँपालिकालाई उदृत गर्दै संवाददाता झलक राईले जानकारी दिए ।
उक्त अभियान वडा १ मा जेठ १४ गते सम्म, २ मा १० गते सम्म, ३ मा १८ गते सम्म, ४ मा १४ गते सम्म र ५ मा ९ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जनाइएको छ ।











प्रतिक्रिया