महाकुलुङ गाउँपालिका स्थित हुंगा खोलामा निर्माण हुने बेलि ब्रिजको शिलान्यास गरिएको छ । आज एक कार्यक्रमकाबिच गाउँपालिका अध्यक्ष सुर्य कुलुङले बेलि ब्रीजको शिलान्यास गर्नुभएको हो ।
आर्थिक वर्ष २०७९/८० मा विनियोजित २ करोड ३१ लाख रुपैयाँ बजेटबाट निर्माण गर्न लागिएको पुल एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ । शिलान्याससँगै निर्माण कार्य समेत सुरु गरिएको गाउँपालिका अध्यक्ष जानकारी दिनुभयो ।
माछापुछ्रे इन्जिनियरीङ प्रा.लि. ले निर्माणको लागि जिम्मा पाएको ६० मेट्रिक टन क्षमताको पुलको लम्बाइ ३६ मिटरको रहने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको बुङ र गुदेल जोड्ने बेलि ब्रिज निर्माण पश्चात साल्पा, भोजपुर, संखुवासभा हुँदै धरान जानका लागि सहजता मिल्ने गाउँपालिका अध्यक्ष सुर्य कुलुङको भनाई छ ।
गाउँपालिका अध्यक्ष कुलुङका अनुसार निर्माण सामाग्री चाइनाबाट ल्याउनुपर्ने भएकाले ढुवानिको कामहरु सुरु गरिएको छ ।











प्रतिक्रिया