Breaking News Post

माइतीघरबाट हिँड्दै संसद भवन गएको रास्वपाका सांसदहरूलाइ प्रहरीले रोके


७ असार २०८२, शनिबार ००:००


काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू माइतीघरबाट हिँड्दै नयाँ बानेश्वरस्थित संसद भवन गएकोमा प्रहरीले रोकेको छ । पार्टी स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरेका रास्वपाका सांसद कार्यक्रमस्थलबाट हिँड्दै बानेश्वर प्रस्थान गरेका थिए।

उनीहरू बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुन माइतीघरबाट बानेश्वर हिँडेका थिए । उनीहरूलाई प्रहरीले नयाँ बानेश्वर चोकचन्दा अघि बढ्न नदिएपछि केहीबेर तनावको अवस्था आएको थियो । कार्यकर्तालाई रोके पनि रास्वपाका सांसदहरू हिँडेरै संसद् भवनभित्र छिरेका छन्।

प्रकाशित : ७ असार २०८२, शनिबार ००:००