भाद्र १८,काठमाडौँ
‘मुक्कुम्लुङ छोड’ आन्दोलनको घोषणा’ सार्वजनिक भएको छ।ताप्लेजुङ जिल्लामा अवस्थित पवित्र आस्थाको केन्द्र आध्यात्मिक स्थल मुक्कुम्लुङ युमामाङ देवस्थललाई राज्यसत्ता र शक्तिको आडमा अतिक्रमण गरी पाथिभरा बनाइएको, त्यहाँ केबलकार बनाउन मुक्कुम्लुङ क्षेत्रमा डकैत शैलीमा आधारातमा मुन्धुमी बोटविरुवा, बहुमूल्य जडिबुटीजन्य वनस्पति लगायत लाखौँ राष्ट्रिय फूल लालिगुराँस काटेको विरुद्धमा विगत ६ वर्षदेखि नै हामी आन्दोलनरत रहेको सर्बविदितै छ । मुक्कुम्लुङ अतिक्रमण हुन नदिन र केबलकार निर्माणका गतिविधिहरूका सम्बन्धमा २०८१।०२।०५ गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको रोहवरमा आन्दोलनरत पक्ष र जिल्लास्थित राजनीतिक दलहरुको परामर्श र छलफलबाट सहमति नभई निर्माण कार्य नगर्ने, नगराउने भन्ने सम्झौतालाई उल्लङ्घन गरेर सरकारी र ब्यापारिक समूहबाट बलमिच्याइ गरेर जनपथ प्रहरी र सशस्त्र प्रहरी लगाएर न्यायका लागि लड्नेहरूलाई जवरजस्ती पक्डेर हिरासतमा राखी पवित्र आस्थाको स्थलमा केबलकार बनाउन दलवलसहित गएको हुँदा सरकारले केबलकार निर्माण लाइसेन्स खारेज नगरेसम्म ‘मुक्कुम्लुङ छोड’ आन्दोलन घोषणा गर्दछौँ ।
मुन्धुमी पवित्र आस्थाको स्थल मुक्कुम्लुङमा केबलकार निर्माण गर्ने ब्यापारिक कम्पनीलाई केवलकार निर्माणको कार्यालय बन्द गर्न र मुक्कुम्लुङ क्षेत्रभित्र केबलकार निर्माणको कुनै पनि गतिविधि नगरी आजको मिति २०८१ भदौ १६ गतेदेखि भदौ २३ गतेसम्ममा मुक्कुम्लुङ छोड्न अल्टिमेटम दिन्छौँ ।
केबलकार कम्पनीले अल्टिमेटम बमोजिम नगरे÷नभएमा केबलकार पक्ष र सरकार मुन्धुमी स्थललाई समाप्त गर्ने गरी असहिष्णु भएको ठहर गर्दै २०८१ भदौ २४ गतेदेखि केबलकार निर्माण लाइसेन्स खारेज नभएसम्म फुङ्लिङ बजारदेखि काफ्लेपाटीसम्म अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गर्दछौँ । साथै न्यायको लडाइँमा सहयोग गर्न यो अवधिमा मुक्कुम्लुङको दर्शन नगर्न नगराउन सम्बन्धित सबैलाई आव्हान गर्दछौं ।
प्रतिनिधिमूलक संस्थाहरू
१. श्री श्री प्रसाद लिम्बु, संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति
२. श्री खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति
३. श्री प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति
४. श्री नन्द कन्दङवा, संहयोजक, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह
५. श्री प्रेम येक्तेन, संयोजक, प्रदेश नंं.१ प्रदेश पुनःनामाङ्कन संयुक्त संघर्ष समिति
६. श्री रामभक्त कुरुम्बाङ, महासचिव, प्रदेश नंं.१ प्रदेश पुनःनामाङ्कन अभियान समिति
७. श्री सरस्वता सिङ्गक (सरु), प्रतिनिधि, मुक्कुम्लुङ तान्सेपु;चुम्भो
मिति: २०८१ भदौ १६ गते











प्रतिक्रिया