मुख्य खवर

यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट दर्ता


२१ जेष्ठ २०८२, मंगलबार ००:००


काठमाडौं, सार्वजनिक यातायातका साधन ठप्प पारेर भएको हड्ताल हटाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता विमल पोखरेलले हड्तालका नागरिकको आधारभूत र मौलिक हक हनन भएको दाबीसहित तत्काल हड्ताल खुलाउन माग राखी आदेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतले बुधबार नै उक्त निवेदनमाथि प्रराम्भिक सुनुवाइ गर्नेछ ।

प्रकाशित : २१ जेष्ठ २०८२, मंगलबार ००:००