रास्वपाका सभापति रवि लामिछानेलाई थप बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ । उनीमाथि प्रहरीले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा अनुसन्धान गरिरहेको छ ।
लामिछानेलाई दोस्रो पटक ७ दिनको म्याद थप गरिएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको अनुसन्धान म्याद १४ गतेसम्म छ । १५ गतेदेखि तिहार बिदा हुने र अदालत बन्द हुने भएकोले उनलाई २० गते मात्रै अदालतमा पेस गरिनेछ ।
याे पनि पढनुहाेसः
काठमाडौं, नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ। सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १४ सयले बढेर तोलाको एक लाख ६७ हजार ४ सयमा कारोबार भएको छ।
यसअघि शुक्रबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २०८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।










प्रतिक्रिया