गृह पृष्ठ

रवि लामिछाने काठमाडौँ विमानस्थलमा अवतरण, साढे २ मा सिमरा लगिने


२४ मंसिर २०८१, सोमबार ००:००


काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौँ विमानस्थलमा ल्याइएको छ । काठमाडौँ विमानस्थलबाट उनलाई फेरि आजै बयानका लागि पर्सा पठाउन लागिएको छ ।

जसअनुसार उनलाई साढे २ बजेको उडानमार्फत सिमरा पठाइने छ भने त्यहाँबाट स्थलमार्ग हुँदै पर्सा पठाइने मधेस प्रदेशका डीआईजी लालमणि आचार्यले जानकारी दिएका छन । सहकारी ठगी प्रकरणमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

याे पनि पढनुहाेसः

काठमाडौं, नेपाली कांग्रेसले गण्डकीमा रिक्त सांसदमा सुनिता थापालाई पठाउने निर्णय लिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको हो ।

कांग्रेस सांसद विमला गौचनको मृत्यु भएका कारणले अर्को व्यक्तिलाई सांसद बनाइएको हो । समानुपातिक सूचीमा गौचन पछि रहेकी स्याङ्जाकी थापालाई सांसद बनाउने निर्णय भएको प्रवक्ता डा।प्रकाशशरण महतले जानकारी गराए । ‘समानुपातिक पदको पूर्ति गर्न सुनिता थापालाई प्रस्ताव पठाउने विषयलाई बैठकले अनुमोदन गर्‍यो,’ महतले भने ।

प्रकाशित : २४ मंसिर २०८१, सोमबार ००:००