गृह पृष्ठ

राष्ट्रपतिले महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम सुरू


१४ भाद्र २०८१, शुक्रबार ००:००


काठमाडाैँ, राष्ट्रपति रामचन्द्र पौडेलले महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम सुरू गरेका छन्। राष्ट्रपति पौडेलले शुक्रबार भक्तपुर पुगेर यो कार्यक्रम सुरूवात गरेका हुन्।

राष्ट्रपति पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थल जाने, आम नागरिकसँग संवाद गर्ने तथा स्थानीयहरूका गुनासा सुन्ने कार्यक्रम सुरू गरेका हुन् । राष्ट्रपति पौडेल शुक्रबार भक्तपुर दरबार स्क्वायर पुगेको उनको सचिवालयले जनाएको छ।

प्रकाशित : १४ भाद्र २०८१, शुक्रबार ००:००