ताजा घटना

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक जारी


४ मंसिर २०८१, मंगलबार ००:००


काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बसिरहेको छ । अपरान्ह ४ः३० बजेदेखि बस्ने गरी बोलाइएको बैठक हाल जारी रहेको छ । ८ मंसिर देखि गरिने दोस्रो चरणको विरोध प्रदर्शनका विषयमा छलफल गर्न बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।

सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा राजनीतिक प्रतिशोध राखेको भन्दै रास्वपाले विरोध गर्दै आएको छ । ८ मंसिरबाट हुने दोस्रो चरणको विरोध प्रदर्शनका लागि रास्वपा थप एजेण्डाहरु तय गरेको छ ।

सहकारी, लघुवित्त र मिटरब्याज समस्या समाधान, भ्रष्टाचार काण्डको न्यायिक छानविन, प्रवासी र गैरआवासीय नेपालीलाई मताधिकार, संविधान परिमार्जन लगायतका मुद्धा उठाएर विरोध गर्ने रास्वपाले जनाएको छ । आज बेलुकी साँझ ७ बजे सरकार विरुद्ध घण्टी बजाएर विरोध प्रदर्शन गर्ने रास्वपाले निर्णय गरेको छ ।

प्रकाशित : ४ मंसिर २०८१, मंगलबार ००:००