किसान जीवन बचाउने आधार हुन्, जसले खाद्य सुरक्षा सुनिश्चित गर्दै ग्रामीण अर्थतन्त्रलाई टेवा दिन्छन्। तर, तिनै किसानले आजका दिनसम्म पनि उचित पारिश्रमिक नपाएर संघर्ष गर्नु परिरहेको छ । पछिल्ला महिनामा लन्डनमा भएका किसान प्रदर्शनहरूले कृषि क्षेत्रमा बढ्दो असन्तुष्टिलाई उजागर गरेका छन्।
उत्पादन लागतको वृद्धिदर, सुपरमार्केटहरूद्वारा किसानलाई दिइने न्यून मूल्य र अन्यायपूर्ण कर प्रणालीका कारण थुप्रै किसान टाट पल्टने अवस्थामा पुगेका छन्। खेतीलाई साँच्चै सम्मानजनक र आवश्यक पेशा मान्ने हो भने विश्वभरका सरकारले तिनका लागि उपयुक्त नीति ल्याउन ढिला गर्नु हुँदैन।
ब्रिटेनमा कृषि व्यवसाय सञ्चालन गर्न कठिन हुँदै गएको छ । किसानले बढ्दो इन्धन मूल्य, कृषि उपकरण मर्मत खर्च, श्रम लागत र अनिश्चित मौसम परिस्थितिहरूको सामना गर्नुपर्छ। सुपरमार्केटहरूले ब्रिटिस उत्पादनका लागि अस्वाभाविक रूपमा कम मूल्य तिर्दा किसानले घाटामा काम गर्न बाध्य छन्।
अर्कोतर्फ, ब्रिटेनमै उत्पादन गर्न सकिने खाद्यवस्तुहरू अन्य छिमेकी मुलुकबाट आयात हुँदा स्वदेशी किसानलाई झनै समस्या परेको छ। यस समस्या समाधानको लागि सरकारले यस्तो नीति अपनाउनु आवश्यक छ, जसले घरेलु उत्पादनलाई प्राथमिकता दिन सुपरमार्केटहरूलाई प्रेरित गरोस्। सुपरमार्केटहरूले स्वदेशी उत्पादनलाई उचित मूल्य तिरेर किन्नु पर्छ, जसले किसानलाई आर्थिक रूपमा सक्षम बनाउँछ। घरेलु उत्पादनलाई प्रोत्साहित गर्छ।











प्रतिक्रिया