काठमाडौं, राप्रपाको उपाध्यक्ष पदबाट हटाइएका मुकुन्दश्याम गिरीले पार्टी नेतृत्वको निर्णयबिरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफुलाई पार्टीको विधिबिधान बिपरित पदबाट हटाइएको भन्दै गिरीले आइतबार निर्वाचन आयोग पुगेर उजुरी दर्ता गरेका हुन्।
राप्रपा संविधान अनुसार निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय पार्टी भएको र आफुलाई पार्टीको विधिबिधान बिपरित अध्यक्षले उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट पदमुक्त गरेकाले आयोगमा उजुरी दर्ता गरेको गिरीले बताए।
उनले पार्टी अध्यक्षको निर्णयले आफुलाई अन्याय भएको र आफ्नो राजनीतिक जिवनमा समेत अप्ठेरो पर्न सक्ने देखिएकाले आयोग आउन बाध्य भएको उल्लेख गरे। गिरीले एकपक्षीय रुपमा विधान विपरित भएका कारवाहीको निर्णय फिर्ता हुनुपर्ने र पार्टीलाई एकतावद्ध भएर अघि बढाउनुपर्नेमा जोड दिए। शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्य पदबाट हटाएका थिए।











प्रतिक्रिया