•राजेन्द्र केरुङ
असार ८,काठमाडौँ
गितकार ,मोडल ,निर्मात्री गिता पालुङ्वाको म्युजिकल फिल्म ‘हङकङ चाईना -३’ को सार्वजनिक भएको छ।
प्रतिनिधि सभा उपसभामुख माननिय इन्दिरा राना मगर को प्रमुख अतिथ्यतामा माननिय प्रतिनिधि सभा सदस्य लिला बोखिम, प्रदेश न:१ सभा सदस्य, एवं पुर्व स्वास्थ्य मन्त्री निर्मला तावा , किरात याक्थुङ चुम्लुङ संघिय अध्यक्ष प्रेम एक्तेन, निर्देशक सागर सुब्बा,चलचित्र निर्देशक उदय सुब्बा , याक्थुङ मुन्चईत चोक सयङ का अध्यक्ष लेखक सागर केरुङ, अधिवक्ता प्रबिन पन्धाक लगायतको बिशेष आतिथ्यतामा सार्वजनिक गरिएको हो।

चाबहिल सरस्वतिनगर स्थित नेपाल चलचित्र बिकाश बोर्डको हलमा असार ६ गते एक भब्य कार्यक्रम बिच उक्त भिडियोलाई सार्वजनिक गरिएको थियो।
म्युजिकल भिडियोको रुपमा करिब ४० मिनेट रहेको भिडियो सार्वजनिक पश्चात अतिथिहरुले म्युजिक भिडियोबारे बोलेका थिए ।
आफ्नो संस्कृती सँग सम्बन्धित यस्ता म्युजिक भिडियो, गित सङ्गीत लाई जगेर्ना गर्दै जानुपर्ने उपसभामुख इन्दिराले जोड दिनुभयो।

प्रतिनिधि सभा सदस्य लिला बोखिमले आफ्नो गाउँले सर्जक गिताको प्रशंसा गर्दै थप सफल्ताको लागि शुभकामना ब्यक्त गर्नुभयो।
कार्यक्रममा म्युजिक भिडियो सँग सम्बन्धित सम्पुर्ण सर्जकहरुलाई धन्यवाद पत्र द्वारा सम्मान गरिएको थियो साथै आमन्त्रित अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

भिडियोमा प्रेम सुब्बा , गिता पालुङ्वा, सलमान थलङ , धनजित साबा लिम्बु, बिमला इवारम, उदय बेघा, रत्ना लिङ्देन लावती,,निरज लिवाङ , नैनाकला वनेम, मनु नेम्बाङ,मनमाया आङ्बुहाङ,इन्द्र कुमारी लिम्बू लगायतको अभिनय देख्न सकिन्छ।
मनु नेम्बाङको लय सङकलनमा मनु नेम्बाङ र शिव सम्बाहाम्फेले स्वर दिएका छन।
संगित संयोजन श्याम आङ्लाको रहेको छ भने
शृङ्गार सन्जु थलङ, छायांकन अरुन बरुन न्यौपाने, भेषभुषा तेह्रथुमे ढाका बुटिक, स्टिल क्यामेरा निर्मल सुब्बा आशिष को रहेको छ। पालामलाई एभरेस्ट डिजिटल स्टुडियो लगनखेलमा रेकर्ड गरिएको थियो ।
ब्यागराउन्ड म्युजिक अशोक लोहोरुङ, साउन्ड डिजाइन सुनय मान श्रेष्ठ डबिङ
बि जि बि इन्टर टेन्ड्मेन्ड प्रा लि म्युजिक मिडिया धरान डिजाइन बिजय बस्याल , सम्पादन बिकास दाहाल र निर्देशन लोकेन साम्बा ले गर्नुभएको छ।
प्रिमियरमा नाल्बो के लाङ परिवारको च्याब्रुङ नाच, धन नाचसहित पाहुनाहरूको स्वागत गरिएको थियो ।

फिल्मको तर्फबाट प्रमुख अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रममा फिल्म निर्माणमा सहयोग पुर्याउने प्राबिधिक, कलाकारलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा मोडल रुपा आङ्वुहाङ लिम्बुले उपस्थित पाहुनालाई सिलाङ साक्मा लगाइदिएर स्वागत गर्नुभएको थियो ।

करिब डेढ घन्टा बढी चलेको कार्यक्रम लाई सम्पदा लिम्बुले सन्चालन गर्नुभएको थियो।
गितकार तथा सामाजिक अभियन्ताको रुपमा समेत परिचित गिता ताप्लेजुङ मा जन्मी लामो समय देखि हङकङ कर्मथलो बनाउदैँ आउनुभएको छ।
हङकङबाट कमाएको पैसा लाई गित सङ्गीत मार्फत आफ्नो पहिचान, संस्कृती,सभ्यता ,भेषभुषालाई उजागर गर्दै बिश्वसामु परिचित गराउने ध्याउन्नमा हुनुहुन्छ।
०५६ सालमा लैजा चरी बोलको गित,निर्माण गरि सुरु
भएको लेखन यात्रा निरन्तर छ। त्यसपछि प्रशंसा जिन्दगीको, हाङनेईल्ले अडियो हुँदै म्युजिक भिडियो भाग १,२,३ , मेरी सेक्मुरी, आदाङ्मे , हङ्कङ चाईना भाग १,२ हुँदै ३ निर्माण गरिसक्नुभएको छ।
चोकफुङ इन्टरटेनमेन्ट प्रा.लि र गिता पालुङ्वा अफिसियल च्यानल प्रा लि को प्रस्तुतिमा निर्माण भएको ‘हङ्कङ चाईना ३
भिडियोलाई Gita Palungwa च्यानलबाट सार्वजनिक गरिएको छ।
तस्बिर निर्मल सुब्बा (आशिष् )
पूरा भिडियो हेर्नुहोला











प्रतिक्रिया