गृह पृष्ठ

वर्षाका कारण विभिन्न नदीहरूले खतराको तह पार,४४ वटा नदी अत्यधिक खतरा


११ आश्विन २०८१, शुक्रबार ००:००


काठमाडौँ, लगातार वर्षाकाे कारण विभिन्न नदीहरूले खतराको तह पार गरेको छ । शुक्रबार साँझ ५ बजेसम्म पानीको तह ४ दशमलव ८९ मिटर बढेर खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

देशभर सक्रिय मनसुनका कारण बागमतीका साथै कोइली नदी बन्गाई, पर्सा खोला महेशपुर, सिन्धुपाल्चोक मेलम्चीको नाकोटे, पूर्व पश्चिम राजमार्गमा रहेको नाकोटे खोलामा बाढी खतराको तहमा पुगेको बाढी पूर्वानुमान शाखाका हाइड्रो इन्जिनियर प्रशान्त न्यौपानेले जानकारी दिएका छन । ती नदी तथा खोला आसपास बस्ने स्थानीय बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ । साथै देशभरका ४४ वटा खोला तथा नदीमा बाढीको मात्रा अत्यधिक बढिरहेको विभागले जनाएको छ ।

याे पनि पढनुहाेसः

काठमाडाैँ,नारायणगढ–मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ। बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्ला सुरक्षा समितिले सवारी सञ्चालनमा रोक लगाएको हो।

यस राजमार्ग भएर गुड्ने सवारी साधनलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने छ। शुक्रबार बिहानदेखि परेको बर्षाका करण मुग्लिन काठमाडौं सडक खण्डमा दर्जनभन्दा बढी स्थानमा स–साना पहिरो जादा सडक अवरुद्ध बनेको छ।

प्रकाशित : ११ आश्विन २०८१, शुक्रबार ००:००