मनोरन्जन

‘शार्क ट्यांक नेपाल’मा २ करोड १५ लाखको डिल


२ श्रावण २०८२, बिहिबार ००:००


काठमाडौं, बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’का पछिल्ला एपिसोड दर्शकमाझ रोचक बनिरहेका छन् । नवप्रवर्तन र उद्यमशिलतामा लगानी जुटाउन मद्दत गर्ने यो शोले टिभी र युट्युबमा भ्यूज पाउन लोभलाग्दो पाइरहेको छ ।

बुधबार प्रसारित पाँचौ एपिसोडमा ४ स्टार्टअप पिच गरिए, जसमध्ये २ ले मात्र लगानी जुटाउन सफल भए । गुडविस नामक सफ्टवेयर एण्ड आइटी कम्पनीले कार्यालयमा रोबोटमार्फत हुने कार्य संचालनको अवधारणा पिच गर्‍यो ।

यो स्टार्टअपमा चारै शार्कले २५ प्रतिशत एक्सचेन्जमा २ करोड रुपैयाँ लगानी जुटाइदिए । मणिशंकर पाउरोटीले उत्पादन र बजार विस्तारको अवधारणा पेश गर्‍यो । शार्क सौरभ ज्योतिले २५ प्रतिशत इक्विटीमा १५ लाख रुपैयाँ लगानी जुटाइदिए ।

लाइफस्टाइल प्रोडक्ट ‘किक’ र मेसिन पसलले स्टार्टअपको अवधारणा पेश गरे, तर यी दुई पिचसँग डिल हुन सकेन । शार्क ट्यांक नेपाल’ प्रत्येक साताको बुधबार र बिहीबार हिमालय टिभीमा प्रसारण हुँदै आएको छ ।

प्रकाशित : २ श्रावण २०८२, बिहिबार ००:००