आफ्नै श्रीमानको ह’त्या गर्ने महिला र उनका प्रेमीलाई सुनसरी प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै ह’ ‘त्या गरिएका झापा घर भएका दिनेश सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी विराटनगरका ४ इक्राही घर भएका २९ वर्षीय सरोज भण्डारीलाई सार्वजनिक गरेको हो ।
योजनाव’द्धरुपमा अनिता र प्रेमी सरोजले दिनेशको ह’ ‘त्या गरेको प्रहरी अनुसन्धानबाट खुलेकाे छ । सिग्देलले करिब १० वर्षअघि अनितासँग दोस्रो विवाह गरेका थिए । अनिताको माइती घर सुनसरीको वराहक्षेत्र १० प्रकाशपुर हो । दिनेश र उनको ७ वर्षीया छोरी छन् । उनका प्रेमी सरोज सिटी सफारी चालक हुन् र विवाहित पनि हुन् । तर, उनको पनि श्रीमतीसँग स’म्ब’न्ध राम्रो नभएको र स’म्ब’न्ध विच्छेदको क्रममा रहेको प्रहरीले जनाएको छ ।
के हो घटना ?
सिग्देल १० महिना अघि बहराइन कमाउन गएका थिए । घरको आर्थिकस्तर सुधार्न गएका दिनेशले बहराइनमा हुँदै आफ्नी श्रीमती परपुरुषसँग लागेको थाहा पाएका थिए । अनिताको स’म्बन्ध सरोजसँग बढेको चा’ल पाएपछि दिनेश पनि थाहै नदिइ नेपाल आएका थिए ।
उनी कम्पनीमा १५ दिनको बिदा लिएर जनवरी ४ अर्थात् गत पुस २० गते नेपाल आएका थिए । भोलिपल्ट २१ गते विराटनगरमा कान्छी श्रीमती अनितासँगै नोबेल मेडिकल कलेज नजिक होटलमा बसेका थिए । भोलिपल्ट २२ गते बेलुकी उनीहरूको डेरा रहेको विराटनगर ३, पिपल चोक आएका थिए ।
प्रहरीका अनुसार पुस २२ गते राति दिनेश र अनिताबीच वि’वा’द भएको थियो । केही समय पछि अनिताका प्रेमी सरोज पनि आएर उनैले ल्याएको गलबन्दीले घाँ’ ‘टीमा क’से’र ह’ ‘त्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ह’ ‘त्या ग’रेपछि अनिता र सरोज अन्यन्त्र गएर बसेका र २३ गते बिहानै पसलबाट चार हजारमा ग्रे’ण्ड’र, ३ वटा जे’ब्रा झोला र पोलिथिन खरिद गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी संञ्जयसिंह थापाका अनुसार खरिद गरेर ल्याएका सामान सहित खु’कु’रीको सहयोगले श’व का’टे’र अ’ल’गअ’ल’ग झो’लामा हा’ले’का थिए ।
साँझमा ट्याम्पो भाडामा लिएर धरान भेंडेटार सडक खण्डमा फा’ले’को र उनीहरू त्यस रात भेंडेटार बसेर भोलिपल्ट मात्र विराटनगर फर्किएको पनि एसपी थापाले बताए । एसपी थापाका अनुसार अनिता र सरोजको सम्बन्धमा काँ’डा बनेर अचानक निदेश बहराइनबाट आएपछि योजनाब’द्धरुपमा ह’ ‘त्या भएकाे अनुसन्धानबाट खुलेकाे छ ।
प्रहरीका अनुसार ६ महिनादेखि सरोज र अनिता श्रीमान् श्रीमती सरह बस्दै आएका थिए । दिनेशले विदेशबाट पठाएको रकम खर्च भएको नदेखाउने तथा प्रेमीलाई दिने गरेको समेत खुलेको छ ।
बहराइनको मास्क र कार्डले पत्ता लगायो ह’ ‘त्यारा
गत फागुन ४ गते धरानको जगंलमा स्थानीयले ला’स जस्तो ग’नाएको थाहा पाए । उनीहरूले ह’ल्ला ग’रेपछि प्रहरीले खोजीलाई ती’व्र पार्याे । इलाका प्रहरी धरान, जिल्ला प्रहरी र संघीय इकाई प्रहरी धरानले मृतक दिनेशको तस्बिर नै सार्वजनिक गर्याे । त्यति हुँदा पनि कुनै कतैबाट मेरो मान्छे भनेर नआएपछि स्केजसमेत सार्वजनिक गरेको थियो ।
प्रहरीले खोजी गर्दै जाँदा मृतकको हाफ पाइन्टको गोजीमा असेट प्रो’टे’क्सन, ट्या’टव’एर पे’ट्रोलियम बि एच मास्क फेला पर्याे । त्यस्तै रिओ टुर्स कमल तलेब एक्स्लुसिभ रिओ टुर्स लेखिएको भिजिटिङ कार्ड समेत फेला पर्याे । प्रहरीले उक्त कम्पनी सम्म पुग्नका लागि काठमाडौँ प्रहरीलाई समेत सहयोग माग्यो । तिनै दुई कम्पनीको नाम बहराइनमा भएको पत्ता लाग्यो ।
नेपाल प्रहरीले बहराइन प्रहरीको सहयोगमा त्यहाँबाट फर्किएका व्यक्तिको विवरण माग गरेको थियो। तीमध्ये दिनेश नेपाल फर्किएको देखिए पनि उनी घर नपुगेको खुलेपछि प्रहरी परिवारसम्म पुगेको थियो।
प्रहरीले नेपाल आउने र जानेको तथ्यांक खोजी गर्दै झापा घर भएका दिनेश सिग्देल भएको पत्ता लगाएको थियो । सोही आधारमा प्रहरीले आफन्त खोजी गर्दै आफ्नै श्रीमती र परपुरुष ह’ ‘त्यारा भएको पत्ता लगाएको छ ।











प्रतिक्रिया