मुख्य खवर

संघीय सांसद सुदन किराती पनि श्रमदानमा सहभागी जनाउन धरान आए


२२ श्रावण २०७९, आइतबार ००:००


धरान उपमहानगरपालिकामा भइरहेको महाश्रामदान अभियानमा श्रमदान गर्न संघीय सांसद सुदन किराती पनि सहभागी जनाउन धरान आइपुगका छन ।
मेयर हर्क साम्पाङको अगुवाई धरान उपमहानगरले संचालन गरिरहेको श्रमदान महाअभियानलाई सहयोग गर्ने उद्देश्यले धरान आएको सांसद किरातीले फोन सम्बादमा जानकारि दिएका छन ।

भोजपुर जिल्लाबाट निर्वाचित संघीय सांसद तथा नेकपा (माओवादी केन्द्र) का नेता किराती श्रमदानको विषयमा सदनमा पनि चर्को रुपमा उठाउँदै आउने नेताको रुपमा परिचित छन । उनि सदनमा मात्र हैन मैदानमा पनि श्रमदान गर्न पछि नपर्ने नेताको रुपमा चिनिन्छन । भोजपुरको विभिन्न विकास निर्माणसँगै जनतासँग विभिन्न क्षेत्रमा श्रमदान विगतदेखि नै गर्दै आएका छन ।

उनले कोरोना महामारिको संक्रमणकालमा भोजपुरमा श्रमदान मार्फत नै क्वारेण्टाइन निर्माण गरेका थिए । त्यसै गरि सडक निर्माणमा पनि उनले विगतमा धेरै स्थानमा जनतासँग श्रमदान गर्दै आएका थिए ।

श्रमदान गर्न धरान झरेको सुइको पाएपछि फोन मार्फत जानकारि लिँदा उनि निकै पहिले देखि यो अभियानलाई नियाल्दै आएको बताए । उनले भने यो अभियानमा पहिले नै जोडिने मन हुँदा हुँदै समयको अभावले भौतिक रुपमा जोडिन नपाएको बताए ।

भोली श्रमदानमा सहभागी जनाउन धरान आइपुगेको सांसद किराती भन्छन जनतालाई यसरी विकासमा नजोडे समृद्धको नाराले सार्थकता नपाउने बताए । उनले भने मैले विगतमा पनि धेरै अन्तवार्तामा भनेको जनतालाई उत्पादनसँग नजोडे मुलुकको विकास सम्भव छैन । उनको अनुसार संयोगबस वृक्षारोपण कार्यक्रम पनि भोली हुने भएकोले विहान वृक्षारोपण कार्यक्रममा सहभागी भई दिनमा श्रमदानमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

उनले श्रमदान गर्न धरान आएको आफ्नो आधिकारिक फेसबुकमार्फत जानकारि गराएका थिए । उनले लेखेका छन म पनि धरान श्रम गर्न आउँदैछु । श्रमले नै मातृभूमि सजाउँ, श्रम गर्ने संस्कृती स्थापित गरौँ ।

मेयर हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरले संचालन गरिरहेको श्रम अभियानमा म पनि सहभागी भएर ऐक्यवद्धता जनाउन आउँदैछु । धरानवासी महान जनसमुदायलाई भोलि शनिवार कामको मैदानमा नै भेट्नेछु । भ्रष्टाचारको विरुद्ध निर्मम बनौ, विकासलाई युद्धको रुपमा घोषणा गरौ ।

प्रकाशित : २२ श्रावण २०७९, आइतबार ००:००