Breaking News Post

संसदमा अवरोध जारी, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइयो


६ असार २०८२, शुक्रबार ००:००


काठमाडौँ, रास्वपाको विरोधका बिच प्रनिनिधिसभा बैठकमा प्रधानमनत्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटेको छ । आजको बैठकमा प्रधानमन्त्रीको सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम भएपनि रास्वपाको विरोध कायमै रहेपछि सभामुख देवराज घिमिरेले विशेष कारण प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको घोषणा गरेका छन् ।

सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरु आ-आफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध गरेका हुन् ।

प्रकाशित : ६ असार २०८२, शुक्रबार ००:००