काठमाडौँ,सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन् । सत्तामा रहेको दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सभामुख घिमिरेले सोमबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।
सभामुख घिमिरेले केही बेरअघि सत्तामा रहेको दल नेपाली काग्रेस र एमालेका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा उपसभामुख इन्दिरा रानासहित एमालेका मुख्य सचेक महेश बर्तौला तथा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे उपस्थित रहेका थिए ।
सभामुखले हामीसँग केही विषयमा धारणा बुझ्न खोज्नुभयो‚’ घिमिरेले भने‚ ‘सबै हतारमा भएकाले धेरै कुरा भएन । भोली बिहान ११ बजेका लागि सबै दलका प्रमुख सचेतकहरूलाई बैठकमा बोलाउनुभएको छ । घिमिरेका अनुसार संसद्को हिउँदे अधिवेशनको तयारी स्वरूप सभामुख घिमिरेले बैठक बोलाएका हुन् । संसद्को हिउँदे अधिवेशन यहीँ माघ १८ बाट सुरू हुँदैछ ।











प्रतिक्रिया