Breaking News Post

सार्वजनिक यातायात ठप्प, बिरामी बाटोमै अलपत्र


२० जेष्ठ २०८२, सोमबार ००:००


काठमाडौं, यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सेवा बन्द गरेसँगै सर्वसाधारणहरू प्रत्यक्ष मर्कामा परेका छन् । बिहानैदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प छ । यातायात अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि घरबाट निस्किएकाहरू पनि सडकमै अलपत्र परेका छन् ।

यसैबीच, सुन्धारामा अस्पताल लैजान लागिएकी एक महिला यातायात अवरुद्ध हुँदा समस्यामा परेकी छिन् । त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लैजाने क्रममा सुन्धारामा सवारी साधन नपाउँदा समस्या भएको परिवारका एक सदस्यले बताए ।

उनी पेट र नसाको बिरामी रहेको र फलोअपका लागि अस्पताल लैजाने क्रममा सवारी साधन नपाउँदा बाटोमै अलपत्र पर्नु परेको हो । उनी मोटरसाइकलमा पनि बस्न सक्ने अवस्थामा छैनन् । फलोअपका लागि अस्पताल लान लागिएको परिवारका ती सदस्यले बताए ।

प्रकाशित : २० जेष्ठ २०८२, सोमबार ००:००