Breaking News Post

सिंहदरबारमा चीन भ्रमणबारे पूर्वपरराष्ट्रमन्त्रीसँग छलफल


१० मंसिर २०८१, सोमबार ००:००


काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग परामर्श सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चीन भ्रमणबारे छलफल भइरहेको छ ।

छलफलमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत सहभागी भएका छन् । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । यो मिति घोषणा उनले गत शुक्रबार दरबारमार्गमा आयोजित पार्टीको सभामार्फत् गरेका थिए ।

प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए । सोही गृहकार्यअनुसार नै प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफलमा जुटेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले मङ्सिर १८ गते चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने बताइएको छ ।

प्रकाशित : १० मंसिर २०८१, सोमबार ००:००