समाचार

सोती हत्याकाण्ड सम्झिँदै दलित अभियान नेपालले काठमाडौँमा प्रदर्शन


११ जेष्ठ २०८२, शनिबार ००:००


काठमाडौँ, रुकुमको सोती हत्याकाण्ड सम्झिँदै दलितका लागि दलित अभियान नेपालले काठमाडौँमा प्रदर्शन गरेको छ । जातीय हिंसाविरुद्ध भन्दै उनीहरूले जनप्रदर्शन कार्यक्रम गरेका हुन् ।
शनिबार आयोजित सो र्‍याली माइतीघरदेखि बबरमहल आयोजना गरिएको थियो ।

६ जनाको हत्या भएको दिन जेठ १० गतेलाई उनीहरूले कालो दिनको रूपमा मनाउने गरेका छन् । रुकुम पश्चिमको सोती गाउँमा ५ वर्षअघि अन्तर्जातीय प्रेम सम्बन्धको विषयलाई लिएर ६ जनाको हत्या भएको थियो ।

प्रकाशित : ११ जेष्ठ २०८२, शनिबार ००:००