गृह पृष्ठ

सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालय भवनमा आगलागी, कागजपत्र जलेर नष्ट


१८ फाल्गुन २०८१, आइतबार ००:००


काठमाडौँ, सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालय भवनमा आगलागी हुँदा गाउँपालिकाका महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् । आइतबार दिउँसो एक बजे विद्युत सर्ट भएर आगो सल्किएको गाउँपालिका अध्यक्ष मिना कार्कीले जानकारी दिइन् ।

विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान छ’, अध्यक्ष कार्कीले भनिन्, ‘आगलागी नियन्त्रणमा आए पनि पालिकाका महत्वपुर्ण कागजातहरु जलेर नष्ट भएका छन् । अध्यक्ष कार्कीले गाउँपालिका भवनमा रहेका नापी, पूर्वाधार, रोजगार र जिन्सी शाखाका कागजपत्र जलेर क्षति भएको बताइन् ।

आज दिउँसो करिब एक बजे कार्यालयको माथिल्लो तलामा आगो लागेको हो। उक्त तलामा भान्छा रहेको र आगलागीको कारण विद्युत् सर्ट हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ अध्यक्ष मिनाका अनुसार हावाहुरीले पोल ढलेकाले दुई–तीन दिनदेखि विद्युत् आपूर्ति बन्द थियो। ‘आज बिजुली आएपछि आगलागी सुरु भयो, त्यसैले तार सर्ट भएको हो कि भन्ने अनुमान छ,’ उनले भनिन्।

प्रकाशित : १८ फाल्गुन २०८१, आइतबार ००:००