मुख्य खवर

सोलुदुधकुण्ड नगरपालिकामा नाम्गेल जाङबु र गान्धिमायाले दिए कांग्रेसबाट उम्मेदवार


१२ बैशाख २०७९, सोमबार ००:००


सोलुखुम्बु, नेपाली कांगे्रसले सोलुखुम्बुको एकमात्र नगर सोलुदुधकुण्ड नगरपालिकामा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले मेयरमा निर्वतमान मेयर नाम्गेल जाङबु शेर्पालाई उम्मेदवार बनाउने भएको छ भने उपमेयरमा गान्धिमाया तामाङलाई अघि सारिएको छ ।

शेर्पा नेपाली कांग्रेसका जिल्ला सभापति समेत हुन् । २०७४ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार आङइगेले शेर्पा (झलक)लाई पराजित गरेका शेर्पा नगरबासीमाझ विकासप्रेमी नेताको रुपमा परिचित छन् । उपमेयरको उम्मेदवार तामाङ यसअघि सोलुदुधकुण्डको कार्यपालिका सदस्य थिइन् भने नेपाली कांग्रेस प्रदेश नं १ सदस्य हुन् ।

सोलुदुधकुण्डमा नेकपा एमालेले आङकाजी शेर्पा र मोहन कुमारी कार्की, नेकपा माओवादी केन्दले ङिमातेण्डुप शेर्पा र शारदामाया तामाङलाई मेयर र उपमेयरको उम्मेदवार बनाएको छ ।

प्रकाशित : १२ बैशाख २०७९, सोमबार ००:००