Breaking News Post

हत्या गरेकाे आरोपमा एक जनालाइ पक्राउ


२ मंसिर २०८१, आइतबार ००:००


काठमाडौं, झापामा हत्या गरेकाे आरोपमा एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । बाह्रदशी गाउँपालिका-५ फुलबरीका २६ वर्षीय मानकुमार राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले शनिबार राति करिब साढे ९ बजे सोही ठाउँका ४५ वर्षीय गंगालाल माझीलाई रडले प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार पुरानो रिसइबीका कारण राजवंशीले माझीलाई आक्रमण गरेका थिए । माझीलाई बी एण्ड सी अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २ मंसिर २०८१, आइतबार ००:००