खोटाङको त्रिधार्मिक स्थल हलेसी महादेव थानमा श्रद्धालु भक्तजनको भिड लागेको छ । साउन लागेसँगै साउने सोमबारका ब्रतालु तथा तिर्थालुहरुको भिड् बढेको हो । साउन २ गते सोमबार एकैदिन १५ हजार बढी श्रद्धालुहरुले मन्दिरको दर्शन गरेको हलेसी महादेव विकास समितिका अध्यक्ष समर भुजेलले जानकारी दिएका छन् ।
उहाँका अनुसार उक्त मन्दिरमा नेपालका विभिन्न जिल्लासहित भारत, श्रलंका, बंगलादेश, भुटान लगायतका मुलकहरुबाट पनि भक्तजनहरु हलेसी पुगेका थिए । बोलबम सुरु भएसँगै धार्मिक स्थल हलेसीमा भक्तजनको भिड लागेको उनको भनाई छ ।
हिन्दु, बौद्ध र किराँत, धर्मावलम्बीहरूको त्रिवेणीस्थल मानिने हलेसीमा नेपाललगायत भारत, चीन, भुटान, बंगलादेश, कोरियालगायतका देशबाट हजारौं दर्शनार्थी आउने गरेका छन् ।
हलेसीमा आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै व्यापार–व्यवसाय पनि फस्टाएको ब्यपारी तथा व्यवसायीहरु बताउछन । खाली रहने हलेसीका होटलहरू अहिले भरिभराउ छ । पर्यटक र दर्शनार्थीको संख्या बढ्न थालेपछि सुविधा सम्पन्न होटल खोल्ने क्रम पनि सुरु भएको छ ।
धार्मिक तथा साँस्कृतिक रूपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ । महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहागुफा, भैरवगुफा, दुंदेलोगुफालगायतका धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थी आउने गरेको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएका छन् ।
सदरमुकाम दित्तेलबाट पश्चिमी क्षेत्रमा पर्ने हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तीजलगायतमा पर्वमा ठूलो मेला लाग्ने गर्छ । १५ दिनसम्म लाग्ने मेलामा अर्बौंको कारोबार हुने गरेको व्यवसायीको भनाइ छ ।
हलेसी आउने पर्यटक तथा दर्शनार्थीको सहजताका लागि भौतिक संरचना, बिजुलीबत्ती, खानेपानी, सञ्चार सेवालगायतलाई व्यवस्थित पार्न नगरपालिका लागिपरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुखले बताए । “सुन्दर, सफा र व्यवस्थित हलेसी बनाएर अझ पर्यटक र दर्शनार्थी भित्र्याउने योजनाका साथ नगरपालिका जुटेको छ ।” उनले भने, “यसका लागि आन्तरिक छलफल, विज्ञको सुझाव र गुरु योजना निर्माण कार्यलाई पनि अघि बढाइएको छ ।











प्रतिक्रिया