गृह पृष्ठ

हिन्दु राष्ट्रसहितको राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन


१७ फाल्गुन २०८१, शनिबार ००:००


काठमाडौँ, सामाखुसीमा जम्मा भएर आएका पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरू दरबारमार्ग पुगेका छन् । उनीहरुले नारायणहिटीमा श्रीमान् गम्भीर नेपाली गाएका थिए । नारायणहिटी सङ्ग्रहालयमा राखिएको श्रीपेच लगेर राजालाई लगाउने उनीहरुले चेतावनी दिए ।

शनिबार शाही युवा शक्तिको ब्यानरमा र्यालीसहितको विरोध प्रदर्शन भएको हो। राजसंस्था समर्थकले काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअगाडि शनिबार प्रदर्शन गरेका छन्। मुलुकमा हिन्दु राष्ट्रसहितको राजसंस्था पुनःस्थापनाको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

नेपाली झन्डासहित प्रदर्शनमा सहभागीले राजसंस्थाको पक्षमा नारा लगाएका थिए। उनीहरूले मुलुकलाई अघि बढाउन हिन्दु राष्ट्रसहितको राजसंस्था अनिवार्य भएको माग गरेका थिए।

प्रकाशित : १७ फाल्गुन २०८१, शनिबार ००:००