काठमाडौं, होटल एभरेस्ट र बुटिक होटल बसेरालाई सरकारले तीन-तीन लाख रुपैयाँ जरिबाना तिराएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलका अनुसार नयाँ बानेश्वरस्थित एभरेष्ट होटेलको अनुगमनका क्रममा किचनमा मिति गुज्रेका सामान फेला परेको छ ।
बबरमहलस्थित बसेरा होटेलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको हो । दुबै होटेलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिवाना तिर्न लगाइएकाे विभागको भनाइ रहेकाे छ ।
विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । सोमबार मात्र कुल ३९ फर्ममा अनुगमन भएको विभागले जनाएको हाे । केही दिनअगाडि होटेल संघ नेपाल (हान)ले विभागबाट होटेलमा अनुगमन नहुने सहमति सरकारसँग भएको व्यहोराको परिपत्र आफु मातहतका ३ सय भन्दा धेरै होटेलमा पठाएको थियो । सो परिपत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएसँगै विभागले आक्रामक अनुगमन बढाएको हो ।
याे पनि पढनुहाेसः
काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका पार्टी नेताहरूले बाढी प्रभावित नक्खु र भक्तपुरको हनुमन्ते क्षेत्रको स्थलगत अवलोकन गर्ने भएका छन् ।
पार्टी पदाधिकारीसहित अध्यक्ष प्रचण्ड नेतृत्वको टोली सहितको टोली दिउँसो सवा २ बजे नक्खु पुग्नेछन ।
आज भक्तपुरको हनुमन्तेमा साढे तीन बजे पुग्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट ठुलो क्षति भएसँगै प्रचण्ड उपत्यकाको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि जान लागेका हुन् ।
याे पनि पढनुहाेसः
काठमाडौं, नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दल तथा नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएका छन् । दुबै दलले वर्षाले पुर्याएको क्षति, राहत, उद्धार र पुनः निर्माणका बारेमा छलफल गर्न बैठक बोलाएका हुन् ।
संसदीय दलको बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको हो। संसदीय दलको बैठक अघि दिउँसो १ बजे संसदीय दलको कार्यसमितिको बैठक बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँ वानेश्वरस्थित लोत्सेहलमा बस्ने भएको छ । निरन्तरको वर्षाका कारणले पीडित बनेका नागरिकलाई राहत, उद्धार र पुनर्निर्माणका बारेमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।











प्रतिक्रिया