Breaking News Post

३३ अंक बढ्यो सेयर बजार, कारोबार डेढ महिनाकै उच्च


१२ कार्तिक २०८३, बुधबार ००:००


११ कात्तिक, काठमाडौं । बुधबार सेयर बजार ३३.२९ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६६४ अंकमा कायम भएको छ । नेप्से परिसूचक साउन ३० यताकै उच्च हो । आज २४१ कम्पनीको मूल्य बढ्यो भने ३५ को घट्यो । त्यस्तै ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकम बढेको छ । हिजो ५ अर्ब ८० करोडको कारोबार भएकोमा आज ७ अर्ब ४५ करोडको भयो । यो कारोबार रकम करिब डेढ महिना भदौ ३० यताकै उच्च हो ।

आज पनि जलविद्युत् क्षेत्रमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै २.०६ प्रतिशत बढ्यो । व्यापार बाहेक सबै समूहगत सूचक बढेका छन् ।

व्यापार समूह ०.४४ प्रतिशत घट्यो । बैंकिङ १.३६, विकास बैंक १.११, फाइनान्स १.५५, होटल तथा पर्यटन १.३४, लगानी १.५२, जीवन बीमा १.५९, उत्पादन तथा प्रशोधन ०.६६, माइक्रोफाइनान्स ०.८७, निर्जीवन बीमा ०.४४, अन्य ०.८५ प्रतिशत बढे ।

हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै बुटवल पावरको १०.६०, सुपर खुदी हाइड्रोपावरको ६.२६, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.२२, युनियन हाइड्रोपावरको ५.८६, सान्जेनको ५.८१, स्वस्तिक लघुवित्तको ५.६७, होटल फरेस्ट इनको ५.४१ प्रतिशत मूल्य बढ्यो ।

सिर्जनशील लघुवित्तको मूल्य २.३०, चिरख्वा हाइड्रोपावरको २.१२, माथिल्लो मैलुङखोलाको १.९१ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा लिबर्टी इनर्जी, घलेम्दी हाइड्रोपावर, बुटवल पावर, अपी पार, सोलु हाइड्रोपावर, ग्रिन भेन्चर्स, पिपुल्स हाइड्रोपावर, सानिमा बैंक, सानिमा मिडिल तमोर, कुमारी बैंक क्रमशः अगाडि रहे ।

प्रकाशित : १२ कार्तिक २०८३, बुधबार ००:००