काठमाडौं, सरकारसँग शिक्षक महासंघले गरेको सहमतिपछि विद्यालय शिक्षक कर्मचारीहरू असन्तुष्ट बनेका छन् । बिहीबार सरकारसँग भएको सहमतिबारे सार्वजनिक गर्न रत्नराज्य माध्यमिक विद्यालयमा भएको कार्यक्रममा उनीहरूले विरोध जनाएका छन् ।
लगत्तै अहिले विद्यालय कर्मचारी परिषद्का सदस्यहरू छलफलमा जुटेका छन् । उनीहरूको अहिले रत्नराज्य माध्यमिक विद्यालयमा छलफल जारी छ । केहीबेर अघि उनीहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै विरोध जनाएका थिए । आफूहरूको आन्दोलन जारी रहेको विद्यालय कर्मचारी परिषद्का पदाधिकारीहरूले बताएका छन् ।











प्रतिक्रिया