काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने भत्काउने खेलमा नभई संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले १० बुँदे ब्रिफिङ मार्फत संगठन निर्माणमा पार्टीलाई केन्द्रित बनाउनु पर्ने विषयमा जोड दिएको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका १० बुँदे ब्रिफिङ उदृत गर्दै पौडेलले भने, ‘पार्टीको आन्तरिक कुरा पार्टीभित्रै गरौं बाहिर नलैजाऊँ भन्ने उहाँको कुरा छ । सरकार बनाउने भत्काउने अहिले हाम्रो कुनै जमर्को छैन । यो विषयमा नलागौं ।’
पौडेलका अनुसार पार्टीको स्थगित अभियान वर्षा सकिएपछि सुरु गर्ने अध्यक्षको प्रस्ताव छ । पार्टीको अभियान सकिएपछि केन्द्रीय कमिटी बैठक बस्ने उनले बताए । उनले भने, ‘सो केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्छ ।’
समाजवादी मोर्चालाई बलियो बनाउने गरी पार्टी लागि परेको भन्दै उनले मोर्चाबीच एकीकरणको प्रयास पनि भइरहेको उनले बताए । माओवादी पार्टीको स्थायी कमिटी बैठक तीन दिनसम्म चल्ने छ ।











प्रतिक्रिया