मुख्य खवर

बागमतीको मुख्यमन्त्री बानियाँले दाबी पेस


२० श्रावण २०८२, सोमबार ००:००


बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । सोमबार सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा संसदीय दलको पत्रसहित उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेश प्रमुख कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मङ्गलवार दिउँसो २ बजेसम्म नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । सोसँगै नेता बानियाँले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई मुख्यमन्त्रीमा दाबी गर्दै पत्र बुझाएका हुन् ।

प्रकाशित : २० श्रावण २०८२, सोमबार ००:००