Breaking News Post

जेनजी प्रदर्शनकारीहरू संसद भवनभित्र छिरे, बानेश्वरमा कर्फ्यू


२३ भाद्र २०८२, सोमबार ००:००


काठमाडौं, जेनजी प्रदर्शनकारीहरू बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेका छन् । उनीहरू पर्खाल नाघेर भित्र छिरेका हुन् । यससँगै प्रहरीले हावामा गोली चलाएको छ । प्रदर्शनकारीहरूले संसद भवनको पर्खाल समेत भत्काएका छन् ।

उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुंगामुढा गरेका थिए । जसका कारण २ नम्बर गेटको पर्खाल भत्किएको छ । जेनजीहरुको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

माइतीबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेको थियो । त्यहाँबाट पनि पर्खाल नाघेर संसद भवन भित्र प्रवेश गरेपछि कर्फ्यू आदेश जारी भएको हो ।

प्रकाशित : २३ भाद्र २०८२, सोमबार ००:००