खेलकुद

थुलुङ दुधकोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरू


२५ पुस २०८१, बिहिबार ००:००


थुलुङ दुधकोशी गाउँपालिकामा अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरू भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाउदै छन् ।

अध्यक्ष कपका लागि संघीय संरचना अनुसारका वडाबाट महिला तथा पुरुष खेलाडीहरुको सहभागीता हुनेछन । उक्त कार्यक्रममा कृषि मेला प्रदर्शन गरिनुका साथै स्थानिय खानाको परिकार समेत प्रदर्शन गरिने प्रबक्ता कार्कीले जानकारी दिएका छन ।

कार्यक्रममा भव्य सांगितिक साँझको समेत आयोजना गरिएको छ । सांगितिक कार्यक्रमको लागि स्थानिय कलाकारको साथमा ख्याती प्राप्त गायक कुमार प्रयास, शिव परियार आउने छन् । पौष २९ गते सम्म जारी रहने कार्यक्रमका लागि प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत अन्य अतिथिहरु कार्यक्रम स्थलमा पुगी सकेको आयोजक थुलुङ दुधकोशी गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : २५ पुस २०८१, बिहिबार ००:००